सवारी दुर्घटनामा मृत्यु

काठमाडौं, ३ जेठ
    बाँके : कोहलपुर नगरपालिका-१० रामनगरमा से‍.१ ज ६५५ नम्बरको गाडीले भे.६ प ७८२७ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिँदा घाइते भएका मोटरसाईकल चालक कोहलपुर नगरपालिका-१० बस्ने ४५ बर्षीय ऋषिराम चापागाईको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको छ । दुबै सवारी साधन नियन्त्रणमा लिएर हाल फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।
    धादिङ : निलकण्ठ नगरपालिका-८ च्याडुखोलास्थित सडकमा ना‍.३ ख ६१४३ नम्बरको ट्रक बुधबार आँफै अनियन्त्रित भई सडकबाट करीव ३५ फिट तल खसेर दुर्घटना हुँदा ट्रकमा सवार चालक सहित ५ जना घाइते भएकाले उपचारार्थ जिल्ला अस्पताल लैजाने क्रममा निलकण्ठ नगरपालिका-३ बस्ने त्रिपुरासुन्दरी गाउँपालिका-६ का २६ वर्षीय गोकुल उपाध्यायको बाटोमै मृत्यु भएको छ ।
    सप्तरी : खडक नगरपालिका-४ स्थित पूर्ब-पश्चिम राजमार्गमा स.१ त ५५५९ नम्बरको ट्याक्टरबाट लडेर गम्भीर घाइते भएका हाल नाम, थर, वतन नखुलेको करीव १६ वर्षीय पुरुषको उपचारको लागि राउ अस्पताल लाहानतर्फ लैजाने क्रमामा बाटोमै मृत्यु भएको छ । ट्याक्टर नियन्त्रणमा लिई फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।