नगद तथा टिभी चोरी

काठमाडौं, ३ जेठ
    काठमाडौं महानगरपालिका-१६ माछापोखरी सपिङ सेन्टरको ५औँ तलामा रहेको मेघा ड्रिङग बहुउद्धेश्यीय सहकारी संस्थाबाट मंगलबार कोही नभएको अवस्थामा नगद ७ लाख र २ वटा टिभी चोरी भएको छ ।
    चोरहरूको खोजी गर्नुको साथै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।