सवारी दुर्घटनामा मृत्यु

काठमाडौं, ११ जेठ
    सुनसरी : बर्जु गाउँपालिका-६ स्थित भित्रि सडक खण्डमा को.१ त ४६७ नम्बरको ट्याक्टरले बिहीबार सोही ठाउँ बस्ने युवराज पालको ११ बर्षीय छोरा अवन पाललाई ठक्कर दिदाँ गम्भीर घाइते भएकोले उपचारको लागि लाईफ गार्ड अस्पताल बिराटनगर पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
    यसैगरी सुनसरी देवानगन्ज गाउँपालिका-३ स्थित खत्वे टोलको नहरमा को.२ त ६७५३ नम्बरको ट्याक्टर अनियन्त्रीत भई दुर्घटना हुँदा सोही ठाउँ बस्ने ३५ बर्षीय बिनोद मेहेता घाइते भएकोले उपचारको लागी बिराटनगरतर्फ लैजाने क्रममा बाटैमा मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
    बारा : जितपुर सिमरा उपमहानगरपालिका-२१ स्थित राजमार्गमा ना.३ ख ६९२२ नम्बरको ट्रकले ना.४० प २०७६ नम्बरको मोटरसाइकललाई बिहीबार ठक्कर दिदाँ मोटरसाइकल चालक पसरौता नगरपालिका–७ बस्ने ३३ बर्षीय बरुण यादवको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा मोटरसाइकलमा सवार २२ बर्षीया रिंकु कुमारी यादव समेत घाइते भएकोले अल्पाईन अस्पताल सिमराबाट थप उपचारको लागि गण्डक हेल्थ केयर बिरगंजमा पठाइएको छ । फरार ट्रक चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।

यसैगरी बारा कोल्हबी नगरपालिका-९ पडरी स्थित ना.५त ३१२५ नम्बरको ट्रयाक्टर विहीबार ग्यारेजबाट निकाल्ने क्रममा बिरेन्द्र साहको १८ महिनाको छोरा पप्पु साहलाई टेलरको चक्काले किच्दा घटनास्थलमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
    रुपन्देही : गैडहवा गाउँपालिका-९ सितलडाँडा स्थित भित्री सडक खण्डमा ग.२ च २२८० नम्बरको पिकअप गाडीले बिहीबार साईकलयात्री कञ्चन गाउँपालिका- २ बस्ने ४५ बर्षीय वंश राज चौधरीलाई ठक्कर दिदाँ घाइते भएकोले उपचारको लागि लुम्बिनी अञ्चल अस्पताल वुटवल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । गाडी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    चितवन : राप्ती नगरपालिका-११ थाकलटार भन्ने स्थानमा ना.६ त १९५४ नम्बरको ट्याक्टर बिहीबार अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरमा सवार सोही ठाउँ बस्ने ६३ बर्षीय हरिलाल सिङतानको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य २ जना समेत घाइते भएकोले उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुरमा पठाइएको छ । फरार चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
      दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।