आगलागीबाट धनमाल क्षति
ललितपुर, ११ जेठ
ललितपुर महागरपालिका मंगलबजारस्थित कृष्ण मन्दिरबाट बङ्लामुखी जाने बाटोमा रहेको पुरानो ३ तले घरमा शुक्रबार आगलागी भएको छ । हाल क्षतिको विवरण खुल्न सकेको छैन ।
घटनाको खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग मंगलबजारबाट प्रहरी टोली खटी गई स्थानीयबासी र ३ वटा दमकलको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

