माटोको ढिस्कोले पुरिएर मृत्यु

सप्तरी, ११ जेठ
    हनुमाननगर कंकालिनी नगरपालिका-१ स्थित चौरमा माटो खन्ने क्रममा शुक्रबार माटोको ढिस्को खसेर पुरिन जाँदा गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने २८ वर्षीया जयादेबी लौगीको स्थानीय स्वास्थ्य चौकी भारदहमा उपचारको क्रममा मृत्यु भएको छ ।
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।