आपसी झगडामा छोरीको मृत्यु, आमा पक्राउ

बर्दिया, ११ जेठ
    ठाकुरबाबा नगरपालिका-५ ढुङग्रवा बस्ने ६५ वर्षीया लोकमाया राना र उनकै छोरी ३८ वर्षीया ललिता रानाबीच शुक्रबार आपसमा झै-झगडा भई कुटपिट हुँदा ललिताको मृत्यु भएको छ ।
    लोकमायालाई नियन्त्रणमा लिएर घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।