जवरजस्ती करणी मुद्दामा फरार व्यक्ति पक्राउ
भक्तपुर, ११ जेठ
सूर्यविनायक नगरपालिका-९ नखेलस्थित सिटीगाउँ रिसोर्टमा गत २०७४ पुस ५ गते राति एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा गत बैशाख २ गते जवरजस्ती करणी अन्तर्गत मुद्दा दर्ता भई फरार रहेका ललितपुर महालक्ष्मी नगरपालिका-७ बस्ने ३७ वर्षीय विक्रम बस्नेतलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।

