प्रहरी निरीक्षक पदको अन्तिम परीक्षाको नतिजा प्रकाशन
काठमाडौं, ११ जेठ
नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी निरीक्षक पदमा खुल्ला प्रतियोगिताद्वार समावेशी प्राबधान अनुसार पदपूर्ति गर्न २०७४ साउन ३१ गते प्रकाशित विज्ञापन अनुसार दरखास्त दिई अन्तरवार्ता परीक्षामा सहभागी भएका उम्मेद्वारहरुको अन्तिम नतिजा शुक्रबार प्रकाशन भएको छ।
नियुक्तिका लागि सिफारिस भएका उम्मेद्वारहरुलाई यहि जेठ २७ गते आइतबार बिहान ११ बजे प्रहरी प्रधान कार्यालय कर्मचारी प्रशासन शाखामा सम्पर्क गर्न सो शाखाले सुचित गरेको छ। उक्त सुचनाको विस्तृत विवरण नेपाल प्रहरीको वेबसाईटमा समेत राखिएको छ।

