मृत अवस्थामा फेला

काठमाडौं, १२ जेठ
    स्याङजा : भिरकोट नगरपालिका-६ बयरघारीस्थित आँधी खोलाको पक्की पुलमुनी पानीमा सोही नगरपालिका-३ रेजु बस्ने  ६५ वर्षीय खोजबहादुर खत्री क्षेत्री शुक्रबार मृत अवस्थामा फेला परेका छन् ।
    बाँके : राप्ती सोनारी गाउँपालिका-३ नारायणपुर बस्ने वीरबहादुर वलीको घरमा उनकै भिनाजु नाता पर्ने दाङ हाँसीपुरका ५४ वर्षीय हरिलाल खत्री शुक्रबार घरकै कोठामा मृत अवस्थामा फेला परेका छन् ।
    तनहुँ : देवघाट गाउँपालिका-५ बगहीस्थित त्रिशुली नदीमा हाल नाम, थर, वतन नखुलेका करीव १६ वर्षीय पुरुषको शुक्रबार शव फेला परेको छ ।
    घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।