विभिन्न धनमाल चोरी
ललितपुर, १२ जेठ
ललितपुर महानगरपालिका-४ वागडोलस्थित हेमन्त भण्डारीको घरमा कोही नभएको अबस्थामा मुलढोकाको ताल्चा फोडेर नगद र सुनका विभिन्न गरगहना गरी करीव ३ लाख ९० हजार रुपैयाँ बराबरको धनमाल शुक्रबार चोरी भएको छ ।
चोरहरुको खोजी गर्नुको साथै यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

