कुटपिटबाट दाजुको मृत्यु, अभियुक्त भाइ पक्राउ
उदयपुर, १२ जेठ
त्रियुगा नगरपालिका-५ मुसहरी टोल बस्ने २२ वर्षीय संजीव सदाले मादक पदार्थ सेवन गरी आफ्नै दाजु २८ वर्षीय पशुपति सदालाई शुक्रबार कुटपिट गर्दा गम्भीर घाइते भएकोमा स्थानिय क्लिनिक हुँदै थप उपचारको लागि जिल्ला अस्पताल उदयपुरतर्फ लैजाने क्रममा मृत्यु भएको छ ।
कुटपिट गर्ने संजीवलाई नियन्त्रणमा लिएर यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

