जवरजस्ती करणी गरेको अभियोगमा पक्राउ
ललितपुर, १२ जेठ
बाग्मती गाउँपालिका-६ स्याउले थुम्का बस्ने १४ वर्षीया बालिकालाई विगत २ महिनादेखि पटक-पटक जवरजस्ती करणी गर्दै आएको अभियोगमा सोही ठाउँ बस्ने २३ वर्षीय दिपेन्द्र लोलेलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

