अवैध काठ सहित पक्राउ

मकवानपुर, १२ जेठ
    हेटौंडा उपमहानगरपालिका-१३ ठूलोथली बस्ने ठाकुरसिंह मोक्तानको घरमा अबैध रूपमा लुकाई-छिपाई राखेको सालको चिरान काठ १ सय १२ थान र लालीमाया मोक्तानको घरमा लुकाई-छिपाई राखेको सालको चिरान काठ ६८ थान सहित दुवैजनालाई प्रहरी र वन कार्यालयको संयुक्त टोलीले शुक्रबार पक्राउ गरेको छ ।
    यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।