जुवातास खेल्नेहरू पक्राउ

मोरङ, १२ जेठ
    बिराटनगर महानगरपालिका-८ देवकोटा चोकस्थित रमाईलो भेटघाट होटलमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २४ वर्षीय सौरभ वाग्ले समेत  ७ जनालाई नगद २२ हजार रुपैयाँ र ३ बुक तास सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
    यस सम्बन्धमा प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।