लागूऔषध सहित पक्राउ
काठमाडौं, १२ जेठ
काठमाडौं महानगरपालिका-१७ नयाँ बसपार्क बस्ने २० वर्षीय रिवाज लामालाई ४ ग्राम ७ मिलीग्राम लागूऔषध खैरो हेरोइन जस्तो देखिने धुलो पदार्थ सहित शुक्रबार सोही ठाउँबाट प्रहरीले पक्राउ गरेको छ ।
ललितपुर : ललितपुर महानगरपालिका-२ किरण भवनस्थित गल्लीमा बा.९३ प ४२६८ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा चालक गोदावरी नगरपालिका-३ टौखेल बस्ने २० वर्षीय अनुप थापा र मोटरसाइकलमा सवार सोही ठाउँ बस्ने २० वर्षीय बिबिज गोलेलाई साथमा रहेको लागूऔषध गाँजा १ किलो सहित शुक्रबार प्रहरीले पक्राउ गरेको छ ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट थप अनुसन्धान भइरहेको छ ।

