नगद तथा सुन चोरी
काठमाडौं, १३ जेठ
काठमाडौं महानगरपालिका-३ रातोपुल स्थित डेरा गरी बस्ने बत्तिसपुतली घर भएका शिबराम शाहीको कोठाबाट शनिबार कोही नभएको अबस्थामा सुनका विभिन्न गहना र नगद गरी करीब ७ लाख ४ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।
फरार चोरहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

