सवारी दुर्घटनामा मृत्यु
काठमाडौं, १३ जेठ
झापा : कमल गाउँपालिका-५ स्थित राजमार्गमा मे.३ प ३९४५ नम्बरको मोटरसाइकललाई मे.१ ज ९५३ नम्बरको माईक्रोले ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने ३१ बर्षीय लोकेन्द्र पाण्डे गम्भीर घाईते भएकाले दमक लाईफ लाईन अस्पताल पठाईएकोमा उपचारको क्रममा शनिबार मृत्यु भएको छ । माईक्रो र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भक्तपुर : मध्यपुर ठिमी नगरपालिका-५ दुई पोखरीमा साइकल अनियन्त्रित भई दुर्घटना हुँदा साईकल चालक सोही ठाउँस्थित बालकुमारी बस्ने १२ बर्षीय रिसभ श्रेष्ठ घाईते भएकाले मध्यपुर अस्पताल लगिएकोमा उपचारको क्रममा शनिबार मृत्यु भएको छ ।
तनहुँ : ब्यास नगरपालिका-१२ मालेपहरास्थित पृथ्वी राजमार्गमा शनिबार ना.५ ख ३०८२ नम्बरको बस र ना.५२ प १५९४ नम्बरको मोटरसाइकल एकअपसमा ठक्कर खाई दुर्घटना हुँदा पर्सा सेरवा गाउँपालिका-३ बस्ने २० बर्षीय राज राय , २१ बर्षीय धिरज चौधरी र २२ बर्षीय संजय चौधरीको मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका बिरगंज घर भएका २७ बर्षीय भोला चौधरीलाई रत्नहरी अस्पताल दमौलीबाट थप उपचारको लागि पोखरा पठाइएको छ । दुबै सवारी र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

