कुटपिटबाट मृत्यु, अभियुक्त पक्राउ

मोरङ, १३ जेठ
     सुनबर्षी नगरपालिका-९ प्रगति टोल बस्ने ७५ बर्षीय रामेश्वर ऋषिदेवलाई शनिबार सोही ठाउँ बस्ने ३२ बर्षीय राजेश सहनी, ३५ बर्षीय श्रवन सहनी र ३२ बर्षीय बेचन सहनीले सामान्य विवादमा कुटपिट गर्दा मृत्यु भएको छ । कुटपिट गर्ने ३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।