भरूवा बन्दुकको छर्रा लागेर मृत्यु, अभियुक्त पक्राउ
संखुवासभा, १३ जेठ
धर्मदेवी नगरपालिका-१ तेल्लोकस्थित पाथिभरा सामुदायिक बनमा शिकार गर्ने क्रममा ३१ बर्षीय योगेन्द्र पौडेलको भरुवा बन्दुकको छर्रा लागेर मृत्यु भएको छ । शनिबार उनी सहित सोही ठाउँ बस्ने २९ बर्षीय चिरन्जिवी अधिकारी र ३७ बर्षीय चन्द्रसुन्दर अधिकारी शिकार खेल्न गएको अवस्थामा चिरन्जिवीले मृग भनी भरुवा बन्दुक फायर गर्दा योगेन्द्रको घटनास्थलमै मृत्यु भएको थियो । चिरन्जिवी र चन्द्रसुन्दरलाई प्रहरीले भरुवा बन्दुक १ थान सहित पक्राउ गरेको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

