लागूऔषध सहित पक्राउ

काठमाडौं, १३ जेठ
    काठमाडौं : चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गास्थित चेक प्वाईन्टमा खटिएको प्रहरी टोलीले बिरगंजबाट काठमाडौं आँउदै गरेको ना.५ ख ४८०१ नम्बरको यात्रुबाहक बसमा सवार सर्लाही हरिवन बस्ने १८ बर्षीय बिक्रम लामा सहित तीन जनालाई लुकाईछिपाई ल्याएको लागूऔषध नाइट्रोजेपाम ९० ट्याब्लेट सहित शनिबार पक्राउ गरेको छ ।
    सुनसरी : धरान उपमहानगरपालिका-१५ शिवगंगा बस्तीबाट १९ बर्षीय युवराज सुनुवार र २५ बर्षीय बिकास राईलाई लागूऔषध एभिल २१ एम्पुल, डाईजेपाम २० एम्पुल, लुपीजेसीक २० एम्पुल र मोबाईल ४ थान सहित शनिबार प्रहरीले पक्राउ गरेको छ ।  
    रौतहट : बृन्दाबन नगरपालिका-१ बिश्रामपुर बस्ने २५ बर्षीय रमेश यादव र सोही ठाउँ बस्ने २२ बर्षीय बिगु पटेललाई लागूऔषध डाईजेपाम ५० एम्पुल, फेनारगन ५० एम्पुल  र नुर्फिन ५० एम्पुल सहित शनिबार प्रहरीले चन्द्रनिगाहापुर नगरपालिका-४ देउराली चोकबाट पक्राउ गरेको छ ।
    यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।