छतबाट खसेर मृत्यु
ललितपुर,१४ जेठ
आफ्नै डेरा घरको छतबाट आइतबार खस्दा गम्भीर घाइते भएका महालक्ष्मी नगरपालिका-२ उदय बस्ती डेरा गरी बस्ने सर्लाही लालबन्दीका ४० वर्षीय गुहे सार्कीको उपचारको लागि बीएन्डबी अस्पताल ग्वार्कोतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

