मृत अवस्थामा फेला

काठमाडौं, १४ जेठ
    काठमाडौं : गोकर्णेश्वर नगरपालिका-४ गोकर्ण सालिन चोकमा गोकर्ण बस्ने काभ्रेका ४९ वर्षीय जितबहादुर तामाङ आइतबार मृत अवस्थामा फेला परेका छन् ।‌
    धनुषा : जनकपुर उपमहानगरपालिका-४ राम मन्दिरस्थित रामचोक रामटावर नजिकै हाल नाम, थर, वतन नखुलेका अंदाजी  ४५ वर्षीय पुरुष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
    मकवानपुर : भिमफेदी गाउँपालिका-१ स्थित बुलबुलेमा हाल नाम, थर, वतन नखुलेका अंदाजी ४५ वर्षीय पुरूष आइतबार मृत अवस्थामा फेला परेका छन् ।
    सिन्धुपाल्चोक : चौतारा साँगाचोकगढी नगरपालिका-४ सिमपानी बस्ने ५६ वर्षीय शिवप्रसाद शर्मा मृत अवस्थामा फेला परेका छन् । पानीको मुहान बनाउन जान्छु भनि आइतबार घरबाट हिंडेका उनी बेलुकीसम्म घर नआएपछि खोजी गर्दै जाने क्रममा सोही स्थानमा रहेको जालपा देवी मन्दिरको छेउमा सोमबार उनको शव फेला परेको हो ।
    घटनाका यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।