सवारी दुर्घटनामा मृत्यु
महोत्तरी, १४ जेठ
रामगोपालपुर नगरपालिका-५ बिसमभरस्थित सडकमा लोहारपट्टीबाट रामगोपालपुरतर्फ जाँदै गरेको ना.३ ख ५५८८ नम्बरको ट्याक्टरले पैदलयात्री भारत सितामढी नुनही बस्ने ६० वर्षीया कुमारीदेवी मलालाई आइतबार ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको छ ।
फरार ट्याक्टर चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

