माटोको ढिस्कोले थिचेर मृत्यु

सिराहा, १४ जेठ
    नवराजपुर गाउँपालिका-१ तामासुईयास्थित पानी नभएको पोखरीमा सोमबार माटो खन्ने क्रममा ढिस्कोले थिचेर गम्भीर घाइते भएका सोही ठाउँ बस्ने दामोदरईन मियाको छोरा १६ वर्षीय अरथराज मियाको उपचारको लागि लहानस्थित सप्तऋषि अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको छ ।
    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।