सवारी दुर्घटनामा मृत्यु तथा घाइते
काठमाडौं, १४ जेठ
उदयपुर : कटारी नगरपालिका-१ चुरियास्थित मिर्चैया-कटारी सडक खण्डमा मिर्चैयाबाट कटारीतर्फ चामल लिई आउँदै गरेको ना.५ ख ७०१७ नम्बरको मिनीट्रक सोमबार आफै अनियन्त्रित भई सडकको साईडमा पल्टँदा ट्रक चालक बारा कलैया बस्ने ३२ वर्षीय रामेश्वर महतोको च्यापिएर घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा अन्य २ जना सामान्य घाइते भएका छन् ।
मोरङ : रंगेली नगरपालिका-२ स्थित बिराटनगर-रंगेली सडक खण्डमा ना.३ ख ५६३ नम्बरको बस सोमबार अनियन्त्रित भई दुर्घटना हुँदा बसमा सवार ४० जनामध्ये १४ जना घाइते भऐका छन् । उनीहरूलाई उपचारको लागि बिराटनगरतर्फ पठाइएको छ । बसका चालक मोरङ कानेपोखरी गाउँपालिका-३ हर्कपुर बस्ने ३२ वर्षीय लिलम भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

