सवारी दुर्घटनामा मृत्यु

काठमाडौं, १५ जेठ
    चितवन : ईच्छाकामना गाउँपालिका-६ कालिखोला भन्ने स्थानमा ना.६ ख ४२९३ नम्बरको बसले बा.४० प ६५९१ नम्बरको मोटरसाइकललाई सोमबार ठक्कर दिँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका-१२ बस्ने ५३ बर्षीय आदर्शमणि रंजितकारको घटनास्थलमै मृत्यु भएको छ । दुबै सवारी साधन र बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    सुर्खेत : गुर्भाकोट नगरपालिका-३ कोरिल्लेमा भे.१ ज ८५२ नम्बरको भ्यान सोमबार भेरी नदीमा खस्दा भ्यान चालक सुर्खेत गुर्भाकोट नगरपालिका-११ बस्ने २३ बर्षीय मदन बिकको मृत्यु भएको छ ।

    काठमाडौं : महानगरपालिका-३ बसुन्धारा तिलिङ्गेटार सडकमा रोकी राखेको बा.२ ख ६२३० नम्बरको बसमा मंगलबार बा.३७ प ७३८० नम्बरको मोटरसाइकल ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक बारा घर भएका ३० बर्षीय मानबहादुर बल र मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका करीब ३० वर्षीय पुरुष घाइते भएकाले शिक्षण अस्पताल महाराजगंज पठाएकोमा उपचारको क्रममा दुबै जनाको मृत्यु भएको छ । दुबै सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    घटनाका सम्बन्धमा स्थानीय प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।