आगलागीबाट धनमाल क्षति

काठमाडौं,१६ जेठ
    रौतहट : परोहा नगरपालिका–६ वसन्तपटी बस्ने प्रेम कुमार साहको फुसको छानो भएको कुखुरा फार्ममा मंगलबार विद्युत सर्ट भई आगलागी हुँदा कुखुरा फार्म तथा चल्ला ८ सय वटा जलेर करीव ६ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
    गोर्खा : शहिद लखन गाउँपालिका–३ सिम्ले बस्ने मन बहादुर सार्कीको जस्ताले छाएको एक तले कच्ची घरमा मंगलबार बिद्युत सर्ट भई आगलागी हुँदा करीव ९ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
    सुनसरी : बर्जु गाउँपालिका–२ ठड्डा टोल बस्ने राम प्रकाश राईको घरमा मंगलबार राती बालेको घुरबाट आगो बस्तीमा फैलिदा राई सहित ४ जनाको फुसको छानो भएको ४ वटा घर जलेर करीव ३ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
    स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।