अवैध चाँदीका औठी तथा बाला सहित पक्राउ

मकवानपुर, १६ जेठ
    चितवन राप्ती नगरपालिका–१ बस्ने २३ बर्षीय जितबहादुर सुनार र २३ बर्षीय सुरेश सुनारलाई प्रहरीले अवैध चाँदीका ५९ वटा औठी, ७ वटा बाला र ३ वटा रबर बाला सहित पक्राउ गरेको छ ।
    हेटौडा उपमहानगरपालिका–१५ पिपलचौतरा स्थित पथलैयाबाट हेटौडातर्फ आँउदै गरेको बा.३ ख ३१३१ नम्वरको बसलाई मंगलबार चेक गर्दा उनीहरुको साथबाट उक्त अवैध चाँदीका औठी र बाला बरामद भएको थियो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।