आगलागीबाट क्षति :
काठमाडौं,१६ जेठ
पर्वत : माहाशिला गाउँपालिका–१ होस्राङदी बस्ने खरालाल अधिकारीको कच्ची गोठमा कुँडो पकाउन सल्काएको आगोबाट बुधबार कच्ची घरमा समेत आगलागी हुँदा नगद १ लाख ५० हजार रुपैयाँ , सुनका गरगहना तथा अन्य सामानहरु समेत गरी करीव १२ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
चितवन : भरतपुर महानगरपालिका–४ शिवघाट स्थित एभरेष्ट कलर प्रा.लि.मा बिद्युत सर्ट भई बुधबार आगलागी हुँदा सम्पुर्ण सामानहरु जलेर करीव ५ करोड ५० लाख रुपैयाँ बराबरको क्षति भएको बताइएको छ ।
दाङ : गढवा गाउँपालिका–२ पचाहा बस्ने चिन्तामणी चौधरीको दुईतले फुसले छाएको कच्ची घरमा बुधबार आगलागी हुँदा घर नजिक रहेको गोठ समेत जलेर करीव ५ लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
स्थानीय बासिन्दा र दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।

