जुवा तास खेल्ने पक्राउ

रुकुम पश्चिम, ३० जेठ
    मुसिकोट नगरपालिका-५ स्थित माधबप्रसाद शर्माले संचालन गरेको दि-रिभर साईड होटलमा जुवातास खेलिरहेका शर्मा समेत ९ जनालाई प्रहरीले मंगलबार नगद १ लाख ८१ हजार ९५ रुपैयाँ, भारतीय १ हजार ५ सय ५ रुपैयाँ र तास सहित पक्राउ गरेको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।