आगलागीबाट क्षति

ललितपुर, ३० जेठ
    ललितपुर महानगरपालिका–१४ नख्खुडोल सोभाहिटी स्थित तुलाराज गुरुङको साढे २ तले पक्की घरसँगै रहेको टिनको टहरोमा महोत्तरी घर भएका अहमद ईरासादले संचालन गरेको कपास फ्याक्ट्रीमा कपास पेल्ने मेशिनको तार सर्ट भई आगलागी हुँदा करीव २ करोड ५० लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
    आगलागी स्थानीय बासिन्दा र दमकलको सहयोगमा प्रहरीले नियन्त्रण गर्नुका साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।