करेन्ट लागेर मृत्यु

नबलपरासी(बर्दघाट सुस्ता पश्चिम), ३० जेठ
    रामग्राम नगरपालिका–१६ हकुई बस्ने २६ वर्षीय बब्लु सहानीको बुधबार सोही नगरपालिका–२ दुर्गा टोल स्थित लिलबहादुर ठाकुरको घरमा शौचालय बनाउने क्रममा करेन्ट लागेकोले उपचारको लागि पृथ्वीचन्द्र अस्पताल परासी पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।