मृत अबस्थामा फेला

कास्की, ३० जेठ
    पोखरा लेखनाथ महानगरपालिका–१७ ड्यामसाईड स्थित न्यू नेचर होटलको कोठा नम्बर १सय ४ मा जेठ २५ गते देखि सोही महानगरपालिका–४ चिप्लेढुङ्गा घर भएको भनी बसेका २५ वर्षीय कृष्ण सिम्खडा बुधबार घाँटीमा बिलेटले चिरी मृत्यु भएको अबस्थामा फेला परेका छन् ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।