लागूऔषध सहित पक्राउ

काठमाडौँ, ३० जेठ
    चन्द्रागिरी नगरपालिका–२ नागढुङ्गा चेकपोष्टमा खटिएको प्रहरी टोलीले काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको ना.७ ख ३२४० नम्बरको बसमा सवार मोरङ रंगेली घर भएका २० वर्षीय शुसान्त कोईरालालाई लागूऔषध नाईट्राजेटान १ हजार १ सय २५ ट्याब्लेट सहित बुधबार प्रहरीले पक्राउ गरेको छ ।     यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।