आगलागीबाट क्षति

काठमाडौं, ३१ जेठ
    काठमाडौं : काठमाडौं महानगरपालिका–१४ कुलेश्वरस्थित बारा गन्जबा भवानीपुर घर भएका सिकेन्द्र साहले संचालन गरेको बजरंग ईलोक्ट्रोनिक पसलमा बुधबार बिद्युत सर्ट भई आगलागी हुँदा सोही ठाउँमा अमित साहले संचालन गरेको अमित ईस्टिकर सप्लायर्स पसल र राजिब श्रेष्ठको बिजुली पसल समेत जलेर करीव ४० लाख रुपैयाँ बराबरको क्षति भएको छ ।
    रुपन्देही : सैनामैना नगरपालिका–९ शंकरपुर बस्ने सन्तोष नेपालीको कच्ची घरमा बुधबार बिद्युत सर्ट भई आगलागी हुँदा करीव ५ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
    तनहुँ : म्याग्दे गाउँपालिका–६ बस्ने टोपराज शाहीको कच्ची घरमा बुधबार बिद्युत सर्ट भई आगलागी हुँदा करीव १५ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
    रामेछाप : उमाकुण्ड गाउँपालिका–२ बस्ने शम्भु गजमेरको घरमा बुधबार आगलागी हुँदा करीव ८ लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
    कपिलवस्तु : कृष्णनगर नगरपालिका–१ मदरनिया बस्ने बिष्णु केवटको कच्ची घरमा बुधबार आगलागी हुँदा नगद २ लाख रुपैयाँ सहित करीव ७ लाख रुपैयाँ बराबरको विभिन्न धनमाल जलेर क्षति भएको छ ।
    बाँके :  डुडवा गाउँपालिका–५ मिलनचोकस्थित साउद प्वाईन्ट इंग्लिस बोर्डिङ स्कूलको अफिस कोठामा बुधबार बिद्युत सर्ट भई आगलागी हुँदा ल्यपटप ६ वटा, स्कूल ड्रेस २ सय ५० थान, दराज, सोफा सेट, टेबुल कुर्सी र स्टेशनरी समानहरू गरी करीव ५० लाख रुपैयाँ बराबरको धनमाल जलेर क्षति भएको छ ।
    स्थानीय बासिन्दा र दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुको साथै आवश्यक अनुसन्धान गरिरहेको छ ।