सवारी दुर्घटनामा मृत्यु

काठमाडौं, ३१ जेठ
    काठमाडौं : कीर्तिपुर नगरपालिका–१० स्थित सडकमा बा.१ घ ६०९ नम्बरको पेट्रोल ट्याङकरले बा.९३ प ८४९७ नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिँदा मोटरसाइकल चालक कीर्तिपुर नगरपालिका चोभार घर भएका २६ वर्षीय सुमन कटुवाल गम्भीर घाइते भएकोले उपचारको लागि वयोद्या अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
    भक्तपुर : भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित सडकमा बा.५५ प २५२७ नम्बरको मोटरसाइकल बिहीबार अनियन्त्रित भई दुर्घटना हुँदा चालक गुल्मी घर भएका १८ वर्षीय किरण श्रेष्ठ र २१ वर्षीय सुन्दर खड्का घाइते भएकोले उपचारको लागि भक्तपुर अस्पताल पठाइएकोमा उपचारको क्रममा किरण श्रेष्ठको मृत्यु भएको छ ।
    सप्तरी : खड्क नगरपालिका–६ स्थित राजमार्गमा मे.१ ख २२८२ नम्बरको बसले स.६ प ७५५० नम्बरको मोटरसाइकललाई बुधबार ठक्कर दिँदा मोटरसाइकलमा सवार रुपनी गाउँपालिका–३ बस्ने २१ वर्षीय धर्मेन्द्र साह र शम्भुनाथ नगरपालिका–३ बस्ने २२ वर्षीय बैजनाथ साह गम्भीर घाइते भएकोले राउ स्मारक अस्पताल लहान पठाइएकोमा उपचारको क्रममा धर्मेन्द्र साहको र थप उपचारको लागि बिराटनगर लैजाने क्रममा बाटैमा बैजनाथ साहको मृत्यु भएको छ । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    कैलाली : धनगढी उपमहानगरपालिका–१५ उर्मास्थित भित्री सडकखण्डमा से.१ त ६७७३ नम्बरको ट्याक्टरले बुधबार सोही ठाउँ बस्ने तेजराम रानाको ८ वर्षीय छोरा प्रबिण रानालाई ठक्कर दिँदा गम्भीर घाइते भएकोले उपचारको लागि सेती अंचल अस्पताल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    धनुषा : जनकपुर उपमहानगरपालिका–८ रामानन्द चोक स्थित ना.५ ख ८४७ नम्बरको बसले बुधबार धनुषाधाम नगरपालिका–३ बस्ने ४५ वर्षीय भोला मण्डललाई ठक्कर दिदाँ गम्भीर घाइते भएकोले उपचारको लागि जनकपुर अंचल अस्पतालबाट थप उपचारको लागि काठमाडौतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
    सुनसरी : धरान उपमहानगरपालिका–१२ स्थित को.२ त ५१४० नम्बरको ट्याक्टर र लु.३० प ३१०० नम्बरको मोटरसाइकल बुधबार एक आपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक दाङ तुलसीपुर बस्ने ३० वर्षीय गुमान सिंह बस्नेत घाइते भएकोले उपचारको लागि बि.पी.कोईराला स्वस्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । ट्याक्टर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।