गोरुको आक्रमणबाट मृत्यु तथा घाइते

नवलपरासी(बर्दघाट सुस्ता पूर्व), ३१ जेठ
    गैडाकोट नगरपालिका–८ स्थित ६५ वर्षीय दिवाकर पौडेलले संचालन गरेको सम्राट कृषि फर्ममा पालेको गोरुले संचालक पौडेल र अर्घाखाँची घर भएका ३५ वर्षीय दिनेश पाण्डेलाई बुधबार आक्रमण गर्दा गम्भीर घाइते भएकोले उपचारको लागि नयाँ मेडिकल कलेज भरतपुर चितवन पठाइएकोमा उपचारको क्रममा दिवाकर पौडेलको मृत्यु भएको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।