जुवातास खेल्ने पक्राउ

सिराहा, ३१ जेठ
    गोलबजार नगरपालिका–८ स्थित मैनावती खोलाको किनारमा जुवातास खेलिरहेका सोही ठाउँ बस्ने २५ वर्षीय सत्यनारायण कुमार ठाकुर सहित ३ जनालाई प्रहरीले बुधबार नगद ३८ हजार ४ सय ३० रुपैयाँ, १ बुक तास र ५ वटा मोटरसाइकल सहित पक्राउ गरेको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।