लागूऔषध सहित पक्राउ

काठमाडौं, ३१ जेठ
    काठमाडौं महानगरपालिका–१८ भुरुङखेलबाट प्रहरीले बुधबार बारा निजगढ घर भएका २९ वर्षीय कृष्णप्रसाद चौलागाईलाई लागूऔषध ट्रमा २२ हजार ८ सय थान, भिगोरा-जिनेग्रा ९९ पत्ता, प्रि.ओवट किट ५५ पत्ता, जिनेग्रा रातोमा १ सय पत्ता र आई पि एल ७२ लेखेको ट्याव्लेट २५ पत्ता सहित पक्राउ गरेको छ ।
    यसैगरी कागेश्वरी मनहरा नगरपालिका–८ गोठाटार बस्ने काभ्रे घर भएका कर्म तामाङ र राम परियारलाई प्रहरीले नुरर्पिmन ८८ वटा, पेन्सगन ९० वटा, डिजलेप ८४ वटा, गाँजा ५ ग्राम र सिरिन्ज ७ थान सहित पक्राउ गरेको छ । सोही ठाउँ बस्ने लक्ष्मी रोक्का मगरको कोठाबाट नगद ५० हजार रुपैयाँ चोरी भएको घटनाका शंकास्पद तामाङ र परियारको कोठा बुधबार तलासी गर्दा उक्त लागूऔषध बरामद भएको थियो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।