हतियार र गोली सहित पक्राउ

काठमाडौं, ३१ जेठ
    संखुवासभा : सिलिचोङ गाउँपालिका–५ बस्ने ३५ वर्षीय केदार राईलाई प्रहरीले पेस्तोल १ थान, सोको म्याग्जिन २ थान तथा गोली १४ राउण्ड सहित पक्राउ गरेको छ ।
    अस्थाई प्रहरी पोष्ट मानेभन्ज्याङबाट गस्तीमा खटिएको प्रहरी टोलीले बुधबार खाँदबारी नगरपालिका–३ मानेभन्ज्याङ बसपार्कमा राई सवार को. ३१ प ९५४४ नम्बरको मोटरसाइकल चेक गर्दा झोलामा लुकाई राखेको अबस्थामा उक्त पेस्तोल र गोली बरामद भएको थियो ।
    डडेल्धुरा : अजयनेरु गाउँपालिका–३ बस्ने ५२ वर्षीय राजबहादुर चन्दलाई रानीबन सामुदायिक जंगलमा रतुबा जातको जंगली जनावर मारी हिड्दै गरेको अवस्थामा १ थान भरुवा बन्दुक, १ थान खुकुरी, बारुद १ सय १० ग्राम र सिसाको गोली ६ बटा सहित प्रहरीले बुधबार पक्राउ गरेको छ ।
    यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।