भीरबाट लडेर मृत्यु

रोल्पा, ३१ जेठ
    रोल्पा नगरपालिका-१० बस्ने बिष्णु पुनको १० वर्षीय छोरा निशान पुन बिहीबार सोही ठाउँको जंगलमा बाख्रा चराउन गएको अबस्थामा भीरबाट लडेर गम्भीर घाइते भएकोले उपचारको लागि जिल्ला अस्पताल लगिएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।