सवारी दुर्घटनामा मृत्यु

काठमाडौं, ३१ जेठ    
    बाग्लुङ : ताराखोला गाउँपालिका-२ अर्गलमा घुस्मेली बजारबाट भातखानेडाडातर्फ जादैँ गरेको ग.१ ज ६०३४ नम्बरको पिकअप बिहीबार अनियन्त्रित भई सडकबाट करीव ४ सय मिटर तल खसेर दुर्घटना हुँदा सोही गाउँपालिका-३ बस्ने २४ वर्षीय हेमन्त घिमिरे र ६४ वर्षीय हरिराम गिरीको मृत्यु भएको छ । दुर्घटनामा पिकअप चालक सोही ठाउँ बस्ने २७ वर्षीय डम्बरबहादुर घिमिरे र ४२ वर्षीय कर्ण भण्डारी गम्भीर घाइते भएकोले उपचारको लागि प्राथमिक स्वास्थय केन्द्र हरिचौरमा पठाइएको छ ।
    रौतहट :  परोहा नगरपालिका-४ लौकाहा बस्ने शम्भु साहको ४ वर्षीया छोरी इन्सी कुमारी साहको बिहीबार आफ्नै घरको आगनमा रोकी राखेको बिआर ०५ एन २८२१ नम्बरको मोटरसाइकलको छेउमा खेल्ने क्रममा मोटरसाइकल लडेर लाग्दा उनको घट्नास्थलमै मृत्यु भएको छ ।
    दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।