रिबल्वर सहित पक्राउ

काठमाडौं, ३१ जेठ
    केही दिन देखि ठमेल, ज्याठा क्षेत्रमा रहेका होटल, रेष्टुरेन्ट तथा अन्य व्यवसायीहरुलाई डर त्रास देखाई रकम असुल्दै हिड्ने २ जनालाई प्रहरीले १ थान रिबल्वर र १ थान खुकुरी सहित पक्राउ गरेको छ ।
    पक्राउ पर्नेहरुमा काभ्रे झैटी देउराली घर भई सितापाइला बस्ने २६ वर्षीय देवकुमार थापा र धादिङ ज्वालामुखी घर भएका २९ वर्षीय  कमल गुरुङ रहेका छन् ।
    महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले बुधबार राति ठमेल, ज्याठाको गल्लीमा उनीहरुलाई झोलामा रिबल्वर र खुकुरी सहित हिडिरहेको अaस्थामा फेला पारी पक्राउ गरेको हो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।