सवारी दुर्घटनामा मृत्यु
काठमाडौं, २१ असार
रौतहट : गुजरा नगरपालिका–५ लक्ष्मीपुर चौरी टोलमा ट्याक्टरले खेत जोत्ने क्रममा बुधबार ट्याक्टर चिप्लीएर पल्टँदा चालक सोही ठाउँ बस्ने ४५ वर्षीय केवल चौधरीको ईन्जिनको भागले थिचेर घटनास्थलमै मृत्यु भएको छ ।
प्युठान : माण्डबी गाउँपालिका–५ स्थित सडकमा लु.१३ प ९३१६ नम्बरको मोटरसाइकल र रा.१ ज ६५७ नम्बरको म्याजिक भ्यान बुधबार एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकल चालक प्युठान नगरपालिका–४ बस्ने ३७ वर्षीय गोबिन्द राना गम्भीर घाइते भएकोले उपचारको लागि जिल्ला अस्पताल बिजुवार पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । म्याजिक भ्यान चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

