करेन्ट लागेर मृत्यु


झापा, २१ असार
    शरणामती गाउँपालिका-६ बस्ने ४० वर्षीया रेणुका अधिकारीको करेन्ट लागेर मृत्यु भएको छ । बिहीबार  आफ्नै घरमा रहेको पानीको कलमा जोडेको मोटर अन गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएकी अधिकारीको उपचारको लागि बि.एण्ड.सी.अस्पताल पु¥याउदा मृत्यु भएको थियो ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।