लागूऔषध सहित पक्राउ


काठमाडौं, २१ असार
    चितवन भरतपुर महानगरपालिका-११ बस्ने ३२ वर्षीय रुबिन थापालाई नियन्त्रित लागूऔषध नूर्पिmन ७५ एम्पुल, फेनरागन ७७ एम्पुल, डाइजेपाम ७७ एम्पुल सहित पक्राउ गरेको छ ।
    चन्द्रागरी नगरपालिका-२ नागढुंगा चेकप्वाईन्टमा खटिएको प्रहरी टोलीले बिहीबार लु.२ ख २१२१ नम्बरको यात्रुबहाक बसलाई बिहीबार चेक गर्दा उनको साथबाट उक्त लागूऔषध बरामद भएको थियो ।
    यसैगरी नागढुंगा चेकप्वाईन्टमा खटिएको प्रहरी टोलीले बिहीबार ना.५ ख २१९० नम्बरको बसमा सवार सिन्धुपाल्चोक सुनकोशी गाउँपालिका-१ घर भएका २१ वर्षीय निरोज पराजुली र धादिङ धुनिवेसी गाउँपालिका-३ बस्ने २६ वर्षीय संजिप परियारलाई लागूऔषध डाइजेल्याव २४ एम्पुल, फेनरागन २४ एम्पुल, ४ थान खाली सिरिन्ज र नुरफिन २४ एम्पुल सहित पक्राउ गरेको छ ।
    यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।