डुबेर मृत्यु

काठमाडौं, २२ असार
    मोरङ : कानेपोखरी गाउँपालिका–३ बस्ने सेल्टु ऋषिदेबको ३ वर्षीय छोरा राजकुमार ऋषिदेबको घर नजिकै नहरमा पौडी खेल्ने क्रममा बिहीबार डुबेर मृत्यु भएको छ ।
    रौतहट : परोहा नगरपालिका–७ नरकटिया बस्ने सेख समालुदिनको ३ वर्षीया छोरी नगमा खातुनको बौधिमाई नगरपालिका–७ बंकुल अर्दुवा खोलाको पुलमा बिहीबार खेल्ने क्रममा पानीमा खसेर डुबेर मृत्यु भएको छ ।
    कंचनपुर : कृष्णपुर नगरपालिका–७ लालपुर घर भई शान्तिपुर मामाघर आएकी ८ वर्षीया रेणु बोहोराको बिहीबार मोहन नदीमा नुहाउने क्रममा डुबेर अशक्त भएकोले उपचारको लागि सेती अंचल अस्पताल धनगढी पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ ।
    यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।