रुख तथा सडकबाट खसेर मृत्यु

काठमाडौं, २२ असार
    नुवाकोट : आफ्नै घर नजिकैको आँपको रुखबाट बिहीबार खस्दा गम्भीर घाइते भएकी दुप्चेश्वर गाउँपालिका–३ बस्ने रमा बिककी ७ वर्षीया छोरी सन्ध्या बिकको उपचारको लागि काठमाडौंतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
    धादिङ : आफ्नो घरतर्फ फर्कने क्रममा बिहीबार सडकबाट करीव १५ मिटर तल खस्दा गम्भीर घाइते भएकोले नेत्रवती गाउँपालिका–५ बस्ने ७४ वर्षीय सन्तबहादुर तामाङको उपचारको लागि कटुन्जे हेल्पोष्टतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ ।
    यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।