सवारी दुर्घटनामा मृत्यु
काठमाडौं, २२ असार
तनहुँ : शुक्लागण्डकी नगरपालिका–९ दुलेगौंडा–साँखे सडकमा ग.१ज ५७६५ नम्बरको जीपले पैदलयात्री सोही ठाउँ बस्ने ५ वर्षीय युवराज थापालाई बिहीबार ठक्कर दिंदा घटनास्थलमै मृत्यु भएको छ । फरार जीप चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
रुपन्देही : देवदह नगरपालिका–९ घोडाहा स्थित ना.५ ख ५०४२ नम्बरको बसले पैदल यात्री सोही नगरपालिका–६ सरनटाँडी बस्ने ३६ वर्षीय सोमबहादुर श्रीसलाई बिहीबार ठक्कर दिंदा गम्भीर घाइते भएकोले उपचारको लागि देबदह मेडिकल कलेज भुलुही पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

