बाघको छाला सहित पक्राउ
काठमाडौं, २२ असार
दोलखा गौरीशंकर गाउँपालिका–५ का २१ वर्षीय वियन खड्कालाई काठमाडौं महानगरपालिका–२६ कपुरधाराबाट दुर्लभ वन्यजन्तु वाघको छाला १ थान झोलाभित्र लुकाई छिपाई हिँडिरहेको अवस्थामा बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
खड्कालाई प्रहरीले आवश्यक कारवाहीको लागि जिल्ला वन कार्यालय हात्तीसार काठमाडौं पठाइएको छ ।

